९ कार्तिक २०८३, आइतबार

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

  • ५ पुष २०८०, बिहिबार
Image

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचि भएका छन्। शनिबार जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।

यसअघि पनि अध्यक्ष रहेका उनको यो दोस्रो कार्यकाल हो। यसैगरी क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाअध्यक्षमा पदमबहादुर खड्का पनि सर्वसम्मत चयन भएका छन्। सिंह यसअघि कोषअध्यक्ष थिए।

क्यानको सचिवमा चन्द प्यानलबाट राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्। पारसविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन्। पारस केही अघिमात्रै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए।

सचिवका अर्का उम्मेदवार प्रशान्तविक्रम मल्ल यसअघि पनि सचिव थिए। विवाद भएपछि उनले सचिवबाट राजीनामा दिएका थिए। क्यानको निर्वाचनमा ८४ मतदाता छन्।

प्रतिक्रिया

सम्बन्धित खवर