काठमाडाैँ –"हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
बिहीबार सामाजिक सञ्जाल मार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेका छ्न्।

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रीतम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा मागेको छ । २०७९ पुष १० गते नेकपा एमालेको नेतृत्वमा रास्वपा ,राप्रपा लगायत अन्य ४ दल र ३ स्वतन्त्र सांसदहरुले रास्ट्रपति समक्ष प्रधानमन्त्री नियुक्तिको लागी संयुक्त्त हस्ताक्षर गरेको निवेदन पेश भएपछि प्रचण्ड नेपालको ४३ औ प्रधानमन्त्री भएर राष्ट्रपति बिद्या देवी भण्डारी सँग पुष ११ गते शीलत निवासमा सपथ ग्रहण गरेका थिए ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation