८ कार्तिक २०८३, शनिबार

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौं : मन्त्री बस्नेत

  • १२ असार २०८०, मङ्गलबार
Image

झापा- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्। झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताए।

उनले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताए। मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गरेका हुन्। सो क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालको समेत निरीक्षण गरेका थिए।

अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उनले बताए।


प्रतिक्रिया

सम्बन्धित खवर