९ कार्तिक २०८३, आइतबार

टोपबहादुर र बालकृष्णसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

  • १ असार २०८०, शुक्रबार
Image

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश गर्दै दुई जनालाई धरौटीमा छोडेका छन् भने अरु १६ जनालाई थुनामा पठाएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशले पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत १६ जनालाई थुनामा पठाएको छ। 

त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि जेल चलान हुने भएका छन्।

बिचौलियका रुपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी पनि थुनामा जाने भएका छन्।

यो प्रकरणमा मुछिएका होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन भने ५ लाख धरौटीमा रिहा हुने भएका छन्। 

यस प्रकरणमा केशव दुलाल र सानु भण्डारीको नाम प्रमुख बिचौलियका रुपमा चर्चित थियो। त्यसैगरी ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन पनि यो प्रकरणमा मुछिएर पक्राउ परेका थिए। पति हरिभक्तलाई थुनामा पठाउने आदेश हुँदा पत्नी लक्ष्मीसँग भने धरौटी मागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर