४ जेठ २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

  • १९ वैशाख २०८०, मङ्गलबार
Image

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वास मत पाएका हुन् । मुख्यमन्त्री चौधरीलाई ५३ जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा २९ सांसदले मतदान गरे।

मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा मागेको विश्वासको मतको प्रस्तावको विपक्षमा एमाले रह्यो। राप्रपाका प्रदेशसभा सदस्यहरू भने तटस्थ बसे । चौधरी १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  मुख्यमन्त्री चौधरीले १५ वैशाखमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

कांग्रेस संसदीय दलका नेता चौधरीले कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर