८ कार्तिक २०८३, शनिबार

परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको सपथ

  • ३ वैशाख २०८०, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन्। सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए।

साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ। प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर