८ कार्तिक २०८३, शनिबार

गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज

  • २० चैत २०७९, सोमबार
Image

काठमाडौं- सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा खर्च गर्न पाउने अधिकार खारेज गरेको हो।

गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको सरकारकी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

हालै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बेहिसाब हुँदै आएको सूत्र/सुराकी परिचालनको खर्च खारेज गर्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए। सोही प्रस्ताव सोमबारको मन्त्रिपरिषद्‍को बैठकबाट अनुमोदन गरिएको हो। 


प्रतिक्रिया

सम्बन्धित खवर