९ कार्तिक २०८३, आइतबार

बारा-२ मा पछि हटे राजेन्द्र महतो, उपेन्द्र यादवलाई सघाउने

  • १९ चैत २०७९, आइतबार
Image

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ।

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो।  

यसअघि उक्त क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरिरहेका लोसपा वरिष्ठ नेता महतोले आइतबार आफू उम्मेदवार नबन्ने बताए। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको महतोले जानकारी दिए।

‘मेरो पहिला पनि उठ्ने चाहना होइन तर जनताले मलाई उठ्नुपर्छ भनेका थिए,’ महतोले भने,‘अब पार्टीले गठबन्धनको उम्मेदवारलाई सघाउने निर्णय गर्‍यो। पार्टीभन्दा माथि म होइन, पार्टी गठबन्धनमा भएकाले गठबन्धनको उम्मेदवारलाई मैले सघाउनु पर्छ।’

महतो मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा सर्लाही-२ मा पराजित भएका थिए। उक्त क्षेत्रमा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर