८ कार्तिक २०८३, शनिबार

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट

  • १९ चैत २०७९, आइतबार
Image

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

यसअघि लामिछानको नागरिकता प्रकरणमा सर्वोच्चमा रिट हालेका अधिवक्ता युवराज सफल राहदानी प्रकरणको रिट लिएर सर्वोच्च पुगेका हुन्। रिट सर्वोच्च पुगे पनि दर्ता भने भइसकेको छैन। रिट दर्ता गर्ने/नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएकै दिन महान्यायधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए। त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेमाथि मुद्दा चलाउनुनपर्ने प्रतिवेदन दिएका थिए।

अमेरिकी नागरिकता हुँदाहुँदै लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र उपयोग गरी नेपाली नागरिकता लिएको विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो।

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर हुँदै पद गुमाउन बाध्य भएका थिए। नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनले नेपाली राहदानी राहदानी विभाग पुगेर फिर्ता गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर