९ कार्तिक २०८३, आइतबार

मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ दलको बैठक

  • १४ चैत २०७९, मङ्गलबार
Image

काठमाडौं- सत्ता गठबन्धनको बैठक सुरू भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो।

आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल उपस्थित छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरु पनि बैठकमा सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ।

प्रधानमन्त्री प्रचण्ड एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर