काठमाडौं- ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
मृत्युहुनेमा साइकलयात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन्। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनीबेशी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ।
वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation