काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई अँगालो बाँधेर बधाई दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड सम्मिलित ८ दलीय गठबन्धनको समर्थनमा पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रचण्डले खुशी व्यक्त गरेका छन्। गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत खुशी देखिएका छन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation