१६ वैशाख २०८१, आइतबार

कागेश्वरी मनोहरा नगरपालिकाभित्रका सहकारीलाई १५ दिनभित्र अद्यावधिक गर्न आग्रह

  • १५ फागुन २०७९, सोमबार
Image

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्र भएका सहकारी संस्थालाई १५ दिनभित्र अद्यावधिक गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र आवश्यक कागजातसहित पालिकाको सहकारी शाखामा सम्पर्क गर्न भनेको छ।

'कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत कार्यक्षेत्र तथा कार्यालय भइ, प्रदेश अन्तर्गत दर्ता भएका विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि तपसिल बमोजिमको ढाचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेख गरिएको सम्पूर्ण कागजात यस नगरपालिकाको सहकारी शाखामा उपलब्ध हुनेगरी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।'

अद्यावधिक गर्नका लागि संस्था दर्ताको प्रमाणपत्रसहित कर चुक्ता, लेखापरिक्षण, व्यवसाय दर्ता एंम नविकरण गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर