९ कार्तिक २०८३, आइतबार

कस्तो रहला आजको मौसम?

  • १० फागुन २०७९, बुधबार
Image

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश एक, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर