काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
बिहीबार मतदान भएकोमा बडाल निर्वाचित भएका हुन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदान भएको थियो।
गए राति मतगणना गरिएकोमा अध्यक्षमा अनेरास्ववियुका निवर्तमान महासचिव बडाल विजयी भएका छन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई पराजित गरेका छन्।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।
महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation