९ कार्तिक २०८३, आइतबार

भारतीय विदेश सचिव क्वात्राले गरे पशुपतिको दर्शन

  • १ फागुन २०७९, सोमबार
Image

काठमाडौं- भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। सोमबार साँझ पशुपति पुगेर उनले दर्शन गरेका हुन्। नेपालका लागि भारतीय पूर्व राजदूत समेत रहेका क्वात्रा तीनदिने नेपाल भ्रमणमा आज बिहान नेपाल आएका हुन्।

सोमबार साँझ क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए।  नेपाल-भारत बिचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप उँचो बनाउनेतर्फ आफ्नो भूमिका रहने विदेश सचिव क्वात्राले आफुसँगको साक्षात्कारमा बताएको डा. थापाले जानकारी दिए।

महाशिवरात्रिको पूर्वसन्ध्यामा भारतीय विदेश सचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव डा. थापाले बताए।



प्रतिक्रिया

सम्बन्धित खवर