९ कार्तिक २०८३, आइतबार

राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

  • २७ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन्। उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि  उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर