९ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिममा एक महिनामै ढल्यो एमाले नेतृत्वको सरकार

  • २६ माघ २०७९, बिहिबार
Image

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार एक महिनामै ढलेको छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका हुन्।

बिहीबारको प्रदेशसभा बैठकमा सभामुख भीम भण्डारीले विश्वासको मत लिने प्रस्तावलाई निर्णयार्थ पेश गर्दा ध्वनी मतको आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गरे।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए। त्यसपछि उनले विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गरेको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको हो।

विश्वासको मतका लागि बिहीबार दुई पटकसम्म बैठक स्थगित गरिएको थियो। तर रेशम चौधरीलाई छाड्नुपर्ने नागरिक उन्मुक्तिको पार्टीको अडानका कारण रावल अल्पमतमा परेका थिए।  एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

रावलले विश्वासको मत पनि लिन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नेछ। गत पुस २७ गते बेलुका ५ बजे एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित  २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पुस २८ गते मुख्यमन्त्रीको सपथ लिएका थिए।

विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो। प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर