८ कार्तिक २०८३, शनिबार

रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जाने

  • २४ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्। रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जान लागेका हुन्।

मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार रक्षामन्त्री उप्रेती दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुनेछन्।

रक्षामन्त्री उप्रेती भारत भ्रमण सकेर फागुन ५ गते स्वदेश फर्किने कार्यक्रम छ। रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर