२० वैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

  • १९ माघ २०७९, बिहिबार
Image

काठमाडौं- परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँने तयारीमा छिन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलंका जान लागेकी हुन्। 

आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लंकाराकंकामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

पौडेलले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर