काठमाडौं- नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले ओरालो लागेर २ हजार १२७ दशमलव ५२ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३३ अंकले ओरालो लागेर ४०२ दशमलव ९८ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ९ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।
२०४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ। कूल ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ। कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भयो।
रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार ८०७, पिपुल्स पावर कम्पनी ९ करोड ५६ लाख २९ हजार ६९७, माथिल्लो तामाकोसी ९ करोड ३५ लाख ९२ हजार ८८८ र अपि पावर कम्पनी ७ करोड ७७ लाख ९३ हजार ९७२ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर ६ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स ५ दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०३ प्रतिशतले कमाएका छन्।
युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ७ दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर ६ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स ६ दशमलव ४४, सयपत्री हाइड्रोपावर ५ दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ७४ प्रतिशतले घटेको छ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार ३३६ कायम भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation