काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव रमेशप्रसाद भनिने तारानिधि पन्त नक्कली नोटसहित पक्राउ परेका छन्।
१० लाख रुपैयाँ नक्कली नोटसहित पक्राउ परेकाहरुको ‘कनेक्सन’ पन्तसँग देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीहरुलाई सर्लाहीस्थित नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
जेब्रा झोलामा नक्कली नोट बोकेको अवस्थामा प्रहरीले उनीसँग काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- १३ का ३४ वर्षीय श्रवण त्रिपाठी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- का ३२ वर्षीय प्रल्हाद चापागाईँ, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय सनम बस्नेत, सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय शिव चापागाईँ र ४८ वर्षीय कृष्ण दाहाल रहेका छन्।
पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation