काठमाडौं- देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।
राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ।
शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation