काठमाडौं- बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन्। आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा आजको बैठकमा एक सय आठ जना सदस्य उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत दिए।
विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation