८ कार्तिक २०८३, शनिबार

जुम्लामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

  • २ माघ २०७९, सोमबार
Image

जुम्ला- जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक यमबहादुर बुढा मगरले जिप दुर्घटनमा हुँदा पातारासी गाउँपालिका १ निवासी अन्दाजी ४२ वर्षीय छोदेन लामाको  घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको हो। 

उनकाअनुसार दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। घाइते भएकाहरुलाई उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर