८ कार्तिक २०८३, शनिबार

कर्णालीको सभामुखमा एमालेकी गुरुङ र कांग्रेसका पोखरेलको उम्मेदवारी

  • ३० पुष २०७९, शनिबार
Image

सुर्खेत- कर्णाली प्रदेशसभाको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ। सत्ता साझेदार दलको तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलको उम्मेदवारी परेको हो।

उनीहरुले शनिबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गरेका हुन्। समानुपातिक सांसद गुरुङ वीरेन्द्रनगर-२ सुर्खेत निवासी हुन् भने पोखरेल सुर्खेत १ (१) बाट निर्वाचित सांसद हुन्।

गुरुङको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र सर्मथकमा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री राजकुमार शर्मा छन्। पोखरेलको प्रस्तावकमा कांग्रेसका पूर्णबहादुर खत्री र समर्थकमा कांग्रेस विजया बुढा छन्।

सभामुखको निर्वाचन आइतबार ११ बजेदेखि शुरु हुने कार्यतालिका छ। ४० सदस्यीय प्रदेशसभामा सत्ता साझेदार दलका २४, कांग्रेसका १४, नेकपा (एकिकृत समाजवादी) र स्वतन्त्रका १-१ सांसद छन्। सत्तारुढ गठबन्धनबीच सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने भागबण्डा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर