८ कार्तिक २०८३, शनिबार

आज एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

  • २९ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नेता घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्ने बताइएको छ।

नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा रहेकोमा नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै थिए।

गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर