८ कार्तिक २०८३, शनिबार

हेटौँडामा करेन्ट लागेर एक जनाको ज्यान गयो

  • २५ पुष २०७९, सोमबार
Image

हेटौँडा- हेटौँडामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। हेटौँडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको ज्यान गएको हो।

सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका १८ वर्षीय अमृत तामाङको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

आइतबार राति साढे ९ बजे तामाङ माछा मार्न खोलामा गएका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर