८ कार्तिक २०८३, शनिबार

बागमती प्रदेशसभा सांसदको शपथ बिहीबार

  • १० पुष २०७९, आइतबार
Image

मकवानपुर- बागमती प्रदेशसभाका नव निर्वाचित सांसदको शपथ ग्रहण बिहीबार हुने भएको छ। प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ। त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ। बिहीबार जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन्।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ। सचिवालयले जारी गरेको सूचनामा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ।

त्यस्तै, प्रदेश सभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ। बागमती प्रदेशमा १०९ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर