बेइजिङ- अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन्।
सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ।
सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ।चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation