काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच कडा टक्कर देखिएको छ। पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत पाउँदा सिंहले ३ हजार ८४९ मत पाएका छन्।
एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८०७ मत पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation