८ कार्तिक २०८३, शनिबार

विश्वप्रकाश शर्मा दोब्बर मतले अगाडि

  • ५ मंसिर २०७९, सोमबार
Image

झापा- झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि छन्।

४ सय मत गणना हुँदा उनी २१७ मतका साथ अगाडि देखिएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अग्नि खरेल १०३ मतका साथ दोस्रो स्थानमा छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए। कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर