८ कार्तिक २०८३, शनिबार

धनगढी पुगे प्रधानमन्त्री देउवा

  • २९ कार्तिक २०७९, मङ्गलबार
Image

कैलाली- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार साँझ धनगढी पुगेका छन्। गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा पुगेका हुन्।

प्रधानमन्त्री देउवाले मंगलबार देशका विभिन्न ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले बुधबार डडेल्धुरा र बैतडी, बिहीवार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

यसअघि प्रधानमन्त्री कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक-वाम गठबन्धनका चुनावी सभामा सहभागी भई कात्तिक २४ गते काठमाडौं फर्किएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर