१८ मंसिर २०७९, आइतबार

राजीव गान्धी हत्याका ६ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश

  • २५ कार्तिक २०७९, शुक्रबार
Image

एजेन्सी- भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित ६ जनालाई रिहा गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको हो। अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।

‘नलिनी ३ दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेसनमा पोस्ट ग्राजुएट डिप्लोमा छ। रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोस्ट ग्राजुएट गरेका छन्,’ सर्वोच्च अदालतले भनेको छ।

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो। संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो।

गान्धीको हत्यामा संलग्न १ जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनी लगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए। सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनाबी र्‍यालीमा धनु भनेर चिनिने १ महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर