८ कार्तिक २०८३, शनिबार

नेकपा एसले टुंग्यायो उम्मेदवार, को-कहाँबाट लड्दैछन् चुनाव? (सूचीसहित)

  • २२ असोज २०७९, शनिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको छ ।

निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । सचिव रामकुमारी झाक्री गुल्मी- २ बाट उठ्ने भएकी छन् । तनहुँ- २ बाट जितेका किसान श्रेष्ठ बारा- ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ- १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । अन्तिम समया कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ - कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी

१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा - धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर

१८. बझाङ - भानुभक्त जोशी

१९. डोटी - प्रेमबहादुर आले

प्रतिक्रिया

सम्बन्धित खवर