काठमाडौं- मनास्लु हिमालको हिमपहिरो जाँदा १० जना घाइते भएका छन्। हिपमहिरोमा फसेकाहरूको खराब मौसमका कारण उद्धारमा समस्या भइरहेको छ। सोमबार बिहान साढे बजेतिर झरेको हिमपहिरोमा फसेकाहरूको यकिन विवरण पनि आउन सकेको छैन।
शेर्पाहरू अक्सिजन पुर्याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिएकी छन्। उनले भनिन्, ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ। मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन।’
मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर गइसकेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।
मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो। यस सिजनमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति दिइएको छ। शरद याम मनास्लु र अमादब्बलम हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation