काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला ठमेलमा चलिरहेको छ। आगामी प्रतिनिधि र प्रदेश सभामा भाग नपाउने निश्चित भएकाहरु संस्थाप पक्षसँग असन्तुष्ट बनेका छन्।
उनीहरुले आफूलाई पनि भाग दिनुपर्ने माग राख्दै संस्थापन पक्षलाई घुर्की लगाइरहेका छन्। ठमेलस्थित होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले दबाब बढाउनका भेला आयोजना गरेका हुन्।
भेलामा टिकट पाउने निश्चित नेताहरु भने उपस्थित भएका छैनन्।
भेलामा सहभागी एक नेताक अनुसार सिट बाँडफाँटका क्रममा भागवण्डा मिलाउन दबाब बढाउने गरी भेला आयोजना गरिएको हो। ‘आजको बैठकबाट हामी दोस्रो चरणको आन्दोलनमा कसरी अघि बढेर दबाब सिर्जना गर्ने भन्नेबारेमा छलफल गर्दैछौं,’ ती नेताले भने।
टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै संस्थापन इतर समूहले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई दबाब बढाइरहेको छ।
यसअघि टिकट नपाउने करिब निश्चित भएका नेताहरुले शनिबार खबरदारी सभा गरेका थिए। उक्त सभापति उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री बद्री पाण्डेलगायतले बहिष्कार गरेका थिए।
शेखर कोइरालाले कांग्रेसलाई हराउने गरी केपी शर्मा ओलीसँग तालमेल गर्न खोजेपछि रुष्ट भएका उनीहरु शेखर समूहको गुट भेलामा उपस्थित भएका छैनन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation