३१ असार २०८१, आइतबार

वैवाहिक बन्धनमा बाँधिए बुद्धि तामाङ

  • ७ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- अभिनेता बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन्। बुद्धिले आज (शुक्रबार) मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह भएको हो। विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरू सहभागी थिए।

केही कलाकारहरूसमेत बुद्धिको विवाहमा पुगेका थिए। हास्य कलाकार केदारप्रसाद घिमिरेले बुद्धिको विवाहको तस्वीर फेसबुकमा शेयर गर्दै शुभकामना दिएका छन्।

स्नातक तहमा अध्ययनरत अनु र बुद्धिको मागी विवाह भएको हो। ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर