४ जेठ २०८१, शुक्रबार

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन्।

योसँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर