८ कार्तिक २०८३, शनिबार

डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

  • १७ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेको बताइन्।

उनले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित मुलुकका धेरै जिल्लामा डेंगुको संक्रमण देखिएको छ।

एजिप्टाइ र अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट संक्रमितको संख्या ललितपुरमा मात्र एकहजार भन्दा बढी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर