काठमाडौं- प्रतिनिधि सभाको बैठक भदौ १७ गते सम्मका लागि स्थिगित गरिएको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल भएको थियो।
प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रस्तुत गरेका थिए।
संविधानको धारा ९४ बमोजिम गणपुरक संख्या एकिन गरिपाउँ भन्दै सांसद घनश्याम खतिवडाले सभामुख सापकोटासँग अनुरोध गरेका थिए। गणपूरक संख्यालाई एकिन गर्नका लागि सभामुख सापकोटाले तीन मिनेटको घण्टी बजाउन सचिवालयलाई अनुरोध गरे।
कुनै पनि प्रश्न वा प्रस्तावलाई निणायार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभाको एक चौथाई सांसदहरु उपस्थित भएको हुनुपर्छ। तर, तीन मिनेटको घण्टी बजाउँदा समेत सांसदहरुको संख्या ७९ हुनुपर्नेमा ४५ जना मात्रै भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिएका थिए।
आजै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले विचार गरियोस् भन्ने प्रस्ताव बहुतमतबाट पारित गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भदौ १७ गते सम्मका लागि स्थगित गरिएका सभामुख सापकोटाले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation