काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बयानका लागि बोलाइने भएको छ।समितिको बुधबारको बैठकले प्रधानन्यायाधीश जबरालाई बोलाउनेलगायत विभिन्न संस्थाहरूमा पत्राचार गर्ने निर्णय गरेको हो।
समिति सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगका विषयमा आफ्ना धारणा राख्नका लागि जबरालाई बोलाउने निर्णय गरिएको जानकारी दिए।उनका अनुसार समितिले भदौ १५ गते बिहान ११ बजे महाभियोगका विषयमा आफ्ना कुरा राख्नका लागि बोलाउने निर्णय गरेको छ ।
यससँगै समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पारित गरेको छ ।'आन्तरिक कार्यविधि र समितिको कार्यतालिका पारित गरिएको छ।दुवै परिमार्जनसहित पारित भएको हो।चोलेन्द्र शमशेर जबरालाई सोधपुछ बयानका लागि भदौ १५ गते ११ गते बोलाउने निर्णय गरियो ,' समिति सभापति विष्टले भने ।
समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विस्टले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation