८ कार्तिक २०८३, शनिबार

जनार्दन शर्मामाथि छानबिन प्रकरण समितिले थाल्यो प्रतिवेदन लेख्न

  • ११ साउन २०७९, बुधबार
Image

काठमाडौं - बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेखन सुरू गरेको छ।

समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेखनको थालनी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए। समितिले साउन ५ मा लिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई अस्वीकार गरेका थिए।

अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलका निम्ति समितिले अर्थ मन्त्रालयको सिसिटिभी हार्डडिस्क प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

प्रहरीको प्रयोगशालाले बजेट भाषणको अघिल्लो दिन जेठ १४ को ५१ वटा फुटेज समितिलाई उपलब्ध गराए पनि कुनै पनि दृश्य प्रस्ट थिएनन्।

यसबारे समिति सदस्यहरूले प्रयोगशालाका विज्ञहरूसँग मंगलबार सोधपुछ गरेका थिए। त्यसक्रममा उनीहरूले धेरै वटा डिभाइसमा ट्रान्सफर गर्नुपर्ने भएकाले प्रस्ट नआएको जवाफ दिएका थिए।

समितिको थपिएको म्याद बिहीबार सकिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर