८ कार्तिक २०८३, शनिबार

राप्रपाले आज देशभर ‘थाल ठटाउदै’

  • ११ साउन २०७९, बुधबार
Image

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज दोस्रो चरणको संघर्ष थाल्ने भएको छ।  दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत आज राजधानीको भृकुटीमण्डप र सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रम राखिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउनेगरी सो कार्यक्रम राखिएको श्रेष्ठले बताए। 

गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। 

यसअघि राप्रपाले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

महँगी नियन्त्रण गर्न नसक्दा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको आरोप लगाउँदै राप्रपाले गठबन्धनको सरकार असफल भएको ठहर गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर