९ कार्तिक २०८३, आइतबार

सेयर बजार ५४.४५ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

  • ९ साउन २०७९, सोमबार
Image

काठमाडौं- सेयर बजारमा हरियाली छाएको छ। साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ।

सोमबार सबै समूहहरु हरियाली बनेका छन्। उक्त दिन कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ।

सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ। सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर