९ कार्तिक २०८३, आइतबार

युनियन चुनाव : संस्थापनले उम्मेदवार टुंगो लगाउँदा इतरमा तितरवितर

  • ४ साउन २०७९, बुधबार
Image

काठमाडौं- नेपाल प्रेस युनियनको चुनावको सम्पूर्ण तयारी सकिएको छ। साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनका लागि प्रेस युनियनको सचिवायलय मंगलबार नै हेटौंडा पुगेको छ। प्रेस युनियनमा संस्थापन समूहले उम्मेदवारहरुको करिब टुंगो लगाएको छ। 

संस्थापन समूहले अध्यक्षमा अनिता बिन्दुलाई उम्मेदवार बनाएको छ। लामो समयदेखि नेपाल टेलिभिजामा आबद्ध बिन्दु नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष र नेपाल प्रेस युनियनको पनि उपाध्यक्ष हुन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारीको टुंगो लगाएको छ। 

त्यसैगरी उपाध्यक्षमा भिष्मराज ओझा र महासचिवमा जगन्‍नाथ दुलालले उम्मेदवारी दिने भएका छन्। त्यसैगरी उपमहासचिवमा केशव साउदको टुंगो लगाएको छ भने सचिवमा खगेन्द्र भण्डारी उम्मेदवार हुने भएका छन्। हालसम्म खुला केन्द्रीय सदस्यमा दिलिप प्रकाश कार्कीको टुंगो लगाएको छ। अन्यको विषयमा थप छलफल भइरहेको संस्थापन समूहका एक पदाधिकारीले जानकारी दिएका छन्। 

संस्थापन इतरहमा पार्टी महामन्त्री गगनकुमार थापा आफैं सक्रिय भए पनि अन्य उम्मेदवारहरुले दिलिपलाई बोकेको आरोप लगाएका छन्। थापामाथि आक्रोश व्यक्त गर्दै अन्य उम्मेदवारहरुले पार्टीलाई विधिमा चलाउन सिकाउनेले युनियनमा हस्तक्षेप गर्न खोज्‍नु अस्वभाविक भएको आरोप लगाएका छन्। 

संस्थापन समूहले यसरी उम्मेदवारको टुंगो लगाइरहँदा संस्थापन इतर समूहले भने हालसम्म कुनै पनि पदका उम्मेदवारको टुंगो लगाउन सकेको छैन। बुधबार बसेको संस्थापन इतर समूहको बैठका महासचिवका आकांक्षीद्वय दिलिप पौडेल र रमेश वाग्‍लेबीच बाझाबाझ भएको थियो। 

संस्थापन इतर समूहका अध्यक्षका लागि शिव लम्साल र दीपक आचार्यले दाबी गरेका छन् भने महासचिवमा खिला कार्की, दिलिप पौडेल, रमेश वाग्ले र नकुल अर्यालले दाबी गरेका छन्। सचिवमा तीर्थराज बस्‍नेले दाबी गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर