८ कार्तिक २०८३, शनिबार

१८ अंकले बढ्यो नेप्से, १ अर्ब ३१ करोडको मात्रै कारोबार

  • २ साउन २०७९, सोमबार
Image

काठमाडौं- सेयर बजार मापक सूचक नेप्से १८.३ अंकले बढेको छ । सोमबार सेयर बजार ०.९० अंकले बढेर २०२९.४३ अंक कामय गरेको छ।

बजार बढेको लाभ सबैभन्दा बढी लिनेमा बरुण हाइड्रो पावर र इमर्जिङ नेपालका लगानीकर्ताले लिएका छन् । सोमबार बरुणको ९.९८ र इमर्जिङको ९.६२ अंकले सेयर मूल्य बढेको छ। सोमबार सबैभन्दा बढी गुमाउनेमा भने अधिकांश ऋणपत्र रहेका छन्।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये २११ वटाको मात्रै सोमबार कारोबार भएको छ। यी कम्पनीको ३१ लाख कित्ता शेयरको २३ हजार पटक कारोबार भएको छ। यसबाट कुल १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर