काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विपद् र त्यसबाट प्रभावित हुनसक्ने जनसंख्यालाई मध्यनजर गर्दै जोखिम न्युनिकरण र समाधानका लागि पूर्व तयारीका सबै उपायहरु अवलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको बैठकको निर्णयमा भनिएको छ,'नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा विगत वर्षहरुमाझैं बाढी र पहिरोको अत्यधिक जोखिम रहेका भूभागहरुमा हुनसक्ने विपद् र त्यसबाट प्रभावित हुनसक्ने जनसंख्यालाई मध्यनजर गर्दै जोखिम न्युनिकरण र समाधानका लागि पूर्व तयारीका सबै उपायहरु अवलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिन्छ।'
त्यसैगरी समितिले विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक स्वायत्त, अधिकार सम्पन्न र स्वतन्त्र निकायको रुपमा स्थापना र विकास गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकमा विषय विज्ञहरु, विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरण र समितिका सदस्यहरु सहभागी भएका थिए। समितिले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ।
.jpg)
© Lok Kalam . Designed and Developed by Goldenmud Creation