काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमबार शपथ लिएका हुन् ।
उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् । सत्ता साझेदार दल जसपाले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सोमबार नै उनीहरुलाई मन्त्री पदमा नियुक्ति गरेकी थिइन्।
यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation