९ कार्तिक २०८३, आइतबार

लमजुङमा ४० प्रतिशत रोपाइँ सकियो

  • १६ असार २०७९, बिहिबार
Image

लमजुङ- लमजुङमा  ४० प्रतिशत रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाइँ सकिएको हाे।

मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाइँ चाडै सुरु गरिएकाे थियो। लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाइँ भइरहेको छ। 

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन्। केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर